हेटौंडेली नायिका ढुंगानालाई पितृशोक
हेटौंडा-हेटौंडा निवासी नायिका नीता ढुंगानालाई पितृशोक परेको छ । उनका बुबा सोमप्रसाद ढुंगानाको शनिबार साँझ ८२ वर्षको उमेरमा निधन भएको हो ।बुबा सोमप्रसादको आईतबार बिहान हेटौंडा–९ कुष्माण्ड सरोवर त्रिबेणीधाममा दाहासंस्कार गरिएको थियो । बाल्यकालमै आमाको न्यानो काख गुमाएकी नीताले बुबासमेत गुमाएकी छन् । उनले गतवर्ष आफ्नो नामको युट्युब च्यानलमा राखेको बुबाको मुख हेर्ने दिनको भिडियोमा बुबाको दीर्घायुको कामना गर्दै भनेकी थिइन्, ‘यसपाली बुबाको मुख हेर्न मज्जाले पाइयो ।
अझै वर्षौं वर्षसम्म पनि बुबाको मुख हेर्न पाइयोस् ।’, तर, यसपाली कुशेऔंसी (बुबाको मुख हेर्ने दिन) भन्दा ११ दिनअघि नै उनले बुबा गुमाएकी हुन् । नीताले बुबालाई आफ्नो भगवान भन्दै समाजिक संजालमा श्रद्धाञ्जली दिएकी छन् ।







