बसपार्कबाट गोतामे पक्राउ
हेटौंडा-मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० बसपार्कबाट सोमबार बिहान लागुऔषध सहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन राप्तीनगरपालिका–६ केदार बस्ने २८ बर्षीय अमृत गोतामे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीचौकी बसपार्क मकवानपुरबाट गस्तीमा खटिएको प्रहरीटोलीले बसपार्कमा शंकास्पदरुपमा उभिरहेको अवस्थामा गोतामेलाई लागुऔषध सहित पक्राउ गरेको हो ।
उनले बोकेको झोलाबाट लागूऔषध फेनारगन ५८ एम्पुल, नुफिन ५८ एम्पुल, डाईजेपाम ५८ एम्पुल गरी १७४ एम्पुल, लागूऔषध नाईट्राजेपाम ७५ ट्याव्लेट, ट्रामोल ६८० क्याप्सुल र सम्मेक्स २४ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ । लागूऔषध सहित गोतामेलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।







