इन्द्रसरोवर जलाशयको संरक्षणमा सरकारलाई ध्यानाकर्षण
हेटौंडा-नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले मकवानपुरको इन्द्रसरोवर तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् । बर्तौलाले ईन्द्रसरोवर तालबाट १०६ मेघावाट विजुली उत्पादन हुने बताउदै तालको संरक्षण गर्न नसके निकट भविश्यमा नै आयोजना खतरामा पर्न सक्ने उल्लेख गरे ।सोमबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद बर्तौलाले तालमा ८५ लाख घनमिटर पानी अटाउने क्षमता रहेको उल्लेख गर्दै अहिले तालमा ६२ लाख घनमिटर पानी रहेको र बाँकी करिव २३ लाख घनमिटरमा हिलोमाटो, ढु·ा बालुवा थुप्रिएको बताउदै तालको सरसफाई तथा संरक्षण गर्न सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।
सांसद बर्तौलाका अनुसार सरकारले विगत ४ वर्षदेखि देशका १ लाख ५० हजार भन्दा बढी नागरिकले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न नसकेको बताए । ‘यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुखज्यू । आईया पनि छैन आत्था पनि छैन’ बर्ताैलाले भने ‘विगत ४ वर्षदेखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न सकेको छैनन् । सरकारलाई त्यस्को कुनै चासो छैन । सरकार कुम्भकर्ण झै निन्द्रामा प¥यो ।’







