डाक्टर राई जर्वजस्ती करणी आरोपमा पक्राउ

साझाकुरा
२०८० भाद्र २०, बुधबार ११:३८

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१, स्थित सिटी हस्पिटलका सञ्चालक फिजिसियन डाक्टर बसिम राई जर्वजस्ती करणी आरोपमा पक्राउ परेका छन् ।काठमाडौं बुढानिलकण्ठ नगरपालिका–१० घर भई लामो समयदेखि हेटौंडामा स्वास्थ्य सेवामा कार्यरत् राईलाई प्रहरीले कोठाबाटै नियन्त्रणमा लिएको हो । राईमाथि एक युवतीले १८ भदौ सोमबार रातको साढे १० बजे जर्वजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएकी छन् । प्रहरीका अनुसार राईले १ नम्बर वडास्थित हस्पिटल नजिकैको आफ्नो डेरामा युवतीलाई जर्वजस्ती करणी गरेको आरोप छ ।

उजुरीमा राईले युवतीलाई रातभर अप्राकृतिक मैथुन गराएको, कुटपिट गरेकोलगायतका आरोप लगाइएको समाचार स्रोतले जानकारी दिएको छ । प्रहरीले जिल्ला अदालत मकवानपुरबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको छ ।आरोपित राईको श्रीमती र १ छोरा छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*