तीजको अवसरमा तीन महिलालाई सम्मान

साझाकुरा
२०८० भाद्र २०, बुधबार ११:४१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–२ मानसचोकस्थित गणपतिबाबा वचत तथा ऋण सहकारी संस्था लिमिटेडले नजिकिदै गरेको हिन्दु धर्मावलम्बी नारीहरुको महान पर्व तीजको अवसरमा तीनजना सदस्यलाई सम्मान गरेको छ ।सहकारीले तीज विशेष कार्यक्रमको आयोजना गर्दै तीन महिला शेयर सदस्यलाई सम्मान गरेको हो ।

संस्थाको शेयर सदस्य रहेकी हेटौंडा–२ निवासी एकल महिला राधा कार्की, लघुउद्यमी हेटौंडा–४ निवासी मालती चौधरी र प्रहरी हवल्दार हेटौंडा–८ निवासी सीता खत्रीलाई सम्मान गरिएको व्यवस्थापक युवराज तिमल्सिनाले जानकारी दिए । संघर्षशील जीवनयापन गर्दै सस्थामा नियमित वचत गर्दै आएकी कार्र्की, एउटा टेलर मेशिनबाट सिलाईको काम सुरु गर्दै अहिले ७ जनालाई रोजगार दिन सफल चौधरी र प्रहरी सेवामा रही समाजमा उल्लेख्य काम गर्ने हवल्दार खत्रीलाई सम्मान गरिएको व्यवस्थापक तिमल्सिनाले बताए ।

सहकारीको महिला उपसमिति संयोजक अञ्जना उपाध्यायको अध्यक्षमा भएको तीज विशेष कार्यक्रममा सहकारीका अध्यक्ष कमलराज मैनाली, सचिव झलकप्रसाद गौतम, कोषाध्यक्ष भीमप्रसाद तिमल्सिना (पवन), सदस्य शम्भु पुडासैनी लगायतको आतिथ्यता रहेको थियो । सभामा वचत तथा ऋणको सावाँ ब्याज समयमै भुक्तानी गर्ने गराउने, कुनै पनि सामाजिक उत्तरदायित्वको कार्यक्रममा सकृय सहभागिता हुने, संस्थाको बृहत्तर हितको निम्ति सदैव लागि पर्ने जस्ता ५ बुँदे संकल्प प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा सहभागीहरुले यो बुँदाहरु कार्यान्वयन गर्न प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा महिला उपसमितिका सदस्यहरु सुजता मैनाली, शोभा रिमाल, कर्मचारी दुर्गा चौलागाईंसहित ७० भन्दा बढी शेयर सदस्यको उपस्तिथि थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*