हेटौंडामा न्याय र मेलमिलाप परामर्श बैठक

साझाकुरा
२०८० भाद्र २०, बुधबार ११:४२

हेटौंडा- नेपालमा सक्रमणकालीन न्यायमापरिपुरण पुनस्र्थापना न्याय र मेलमिलाप परामर्श बैठक हेटौंडामा सम्पन्न भएको छ । मानवअधिकारका लागि महिला, एकल महिला समूह मकवानपुर र नेपाल पुनःस्र्थापकीय न्याय मंचको सयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिका सामाजिक महासाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले समाजमा आर्थिक सामाजिक एवम् राजनीतिक रुपमा पछाडि रहेका द्वन्द्वपीडित तथा एकल महिलालाई केन्द्रित गर्दै शिक्षामा छात्रवृत्ति तथा विभिन्न आयआर्जनमा जोड्न विभिन्न कार्यक्रम उपमहानगरले संचालक गरिरहेको बताए । आयोगका प्रतिनिधि कृष्ण मिश्रले मकवानपुरमा परेको १३ सय उजुरीमध्ये ४ सय उजुरिको छानबीन गर्दै राज्यलाई सिफारिस गरेको बताए ।

उनले द्वन्द्वको समस्या विश्वब्यापीरुपमै रहेको तर, नेपाल अन्य मुलुक भन्दा कम रहेको भन्दै नेपालमा रहेका पीडितको न्यायका लागि राज्य पनि जिम्मेवार हुँदै उनीहरुलाई न्याय दिन लाग्नुपर्ने बताए । ईन्सेक बागमती प्रदेश संयोजक गणेश भण्डारीले द्वन्द्वपीडित तथा मानवअधिकार उल्लङ्घनको घटनामा आफूहरुले निरन्तररुपमा काम गर्दै आइरहेको बताए । उनले मानवअधिकार उल्लङ्घनको घटना कतै भैइरहेको थाहा भए संस्थामा जानकारी दिन अनुरोध गरे ।

एकल महिला मकवानपुरको कार्यबाहक अध्यक्ष शान्ता बिकको सभाध्यक्षतामा भएको कार्यक्रममा न्यायमा परिपुरण पुनस्र्थापना न्याय अध्यक्ष राम तिवारीले परिपुरण केन्द्रित न्यायसम्बन्धी कार्यपत्र पस्तुत गरेका थिए । नेपाल बार एसोसेसन मकवानपुरको अध्यक्ष अप्सरा बस्नेत, मकवानपुरमा रहेका द्वन्द्वपीडित परिवार, बेपत्ता परिवारका सदस्यहरु र एकल महिलाहरुको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*