६३ जनालाई गरिब परिवारको परिचयपत्र

साझाकुरा
२०८० भाद्र २०, बुधबार ११:५०

हेटौंडा-मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–५ नम्बर वडाले ६३ जनालाई गरिब परिवार परिचयपत्र प्रदान गरेको छ ।आइतबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी गरिब परिवार परिचयपत्र वितरण गरेको हो । नेपाल सरकारको भूमि व्यवस्थापन तथा गरिबी निवारण मन्त्रालयबाट गरिबीको रेखामुनी रहेका ६३ जनालाई गरिब परिवार परिचयपत्र वितरण गरिएको वडाअध्यक्ष दीपेन्द्र अधिकारीले जानकारी दिए ।

कार्यालयले १६ जना सामान्य, २८ जना मध्यम र १९ जना अति गरिबसहित ६३ जनालाई परिचयपत्र वितरण गरिएको हो । हाल सबै वडाको लागि गाउँपालिकाले गरिब परिवार परिचयपत्र वितरणका लागि पठाइसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*