राजदेवी सहकारीको भेला तथा वार्षिकोत्सव

साझाकुरा
२०८० भाद्र २१, बिहीबार ११:५४

हेटौंडा- हेटौंडा–१७ राजदेवीमा रहेको राजदेवी बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारणसभा भएको छ । संस्थाकी ज्येष्ठ सदस्य नन्दकुमारी चौरेलको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष मधुसुदन न्यौपानेको सभाध्यक्षतामा भएको साधारणसभामा सञ्चारकर्र्मी सहित १० जनालाई सम्मानित गरिएको थियो ।

साधारणसभामा सञ्चारकर्र्मी भीमसेन पौडेल, राजदेवी माविका पूर्वप्रधानाध्यापक सानुकाजी पाण्डे, अपा· शेयर सदस्य अर्जुनप्रसाद घिमिरे, सुरेन्द्रबहादुर कार्र्की, बालसदस्य सिद्धार्थ अर्याललाई सम्मान गरिएको हो । नियमिति बचतकर्ता ईन्द्रप्रसाद घिमिरे, असली कारोवारी रामप्रसाद चौलागाई, रामबहादुर मानन्धर, खुत्रुके बचतमा बढी रकम जम्मा गर्ने शशांक श्रेष्ठ र संस्कृति धमलालाई समेत सम्मान गरिएको थियो ।

साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, सचिव श्यामलाल श्रेष्ठले प्रगति प्रतिवेदन, कोषाध्यक्ष कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र लेखासंयोजक रमेशकुमार पराजुलीले लेखासमितिको प्रतिवेदन पेश गरेका थिए ।

साधारणसभामा हेटौंडा–१७ का वडाअध्यक्ष उद्धव सत्याल, राजदेवी दुग्ध उत्पादक सहकारीका अध्यक्ष रामप्रसाद तिमल्सिना, नमूना प्रगति सहकारीका ब्यवस्थापक बद्री भण्डारी, अशोक सामुदायिक वनका अध्यक्ष रमेश राई, राजदेवी मावि ब्यवस्थापन समिति अध्यक्ष डेकराज धमला, स्थानीय समाजसेवी कृष्णप्रसाद नेपाल, संस्था उपाध्यक्ष रामप्रसाद भट्ट लगायतको आतिथ्यता थियो ।

संस्थाले वार्षिकोत्सवको अवसरमा हेटौंडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत् ज्ञानसञ्चार वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई फलफूल तथा खाद्यान्न प्रदान गरेको सचिव श्रेष्ठले बताए । वृद्धाश्रममा ६ जना वृद्धवृद्धा छन् । संस्थाको शेयर पूँजी ६१ लाख ३० हजार निक्षेप ३ करोड ७७ लाख, ऋण लगानी ३ करोड ९५ लाख रहेको सहकारी संस्थामा ६ सय १३ जना शेयर सदस्य रहेको ब्यवस्थापक हेमबहादुर कुँवरले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*