ओम वृद्धाश्रममा कुरियर दिवस, सहयोगसँगै सरसफाई
हेटौंडा-२९ औँ कुरियर दिवसको अवसरमा सरसफाई तथा खाद्यान्न वितरण गरिएको छ । बिहीबार नेपाल कुरियर सेवा संघ बागमती प्रदेशले कुरियर दिवसको अवसरमा मकवानपुरको हेटौंडा–२ चौकीटोलस्थित ओम वृद्धाआश्रम परिसरमा सरसफाइ तथा आश्रममा आश्रित वृद्धहरुको लागि खाद्यान्न, फलफूल, जुस वितरण गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष विनोदबहादुर पाख्रिन, उपाध्यक्ष केदार गौतम, जिल्ला अध्यक्ष रामप्रसाद पुडासैनी, उपाध्यक्ष कल्याण गौतम, सचिव दीपकप्रसाद खनाल, कोषाध्यक्ष शिशिर बजगाई लगायत कार्यसमितिका सदस्यको सहभागिता रहेको थियो । कुरियर संघले हरेक वर्ष भदौ २१ गते कुरियर दिवस मनाउँदै आएको छ ।







