थाहानगर उवासंघको अध्यक्षमा ढकाल सर्वसम्मत

साझाकुरा
२०८० भाद्र २४, आईतवार १०:१९

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित बेमौसमी तरकारीको पकेट क्षेत्रको रुपमा परिचित थाहा नगरपालिकाकै ठूलो निजी संस्था थाहानगर उद्योग वाणिज्य संघले नयाँ नेतृत्व पाएको छ ।संघको अध्यक्षमा पुरुषोत्तम ढकाल सर्वसम्मत चयन भएका छन् । शनिबार संघका अध्यक्ष कविराज खत्रीको सभाध्यक्षतामा तथा थाहा नगरपालिकाका मेयर विष्णु विष्टको प्रमुख आतिथ्यमा आठौं वार्षिक साधारणसभा तथा प्रथम नगर अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनमा ढकालको अध्यक्षमा एकल उम्मेदवारी रहँदा उनी सर्वसम्मत चयन भएका हुन् ।

अधिवेशनअन्तर्गत् शुक्रबार उम्मेदवारी दिने कार्यक्रम थियो । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा शम्भुसिं कार्र्की, वाणिज्यतर्फको उपाध्यक्षमा सुरेन्द्रमान प्रधान, उद्योगतर्फको उपाध्यक्षमा सानुकाजी गोपाली, वस्तुगततर्फको उपाध्यक्षमा राजेन्द्र विडारी, महासचिवमा जर्मलाल श्रेष्ठ, कोषाध्यक्षमा प्रदीप प्रधान, सचिवमा श्रीराम कार्र्की र सहकोषाध्यक्षमा निरोज प्रधान सर्वसम्मत चयन भए ।

यसैगरी, उद्योगतर्फको सदस्यहरुमा राजनप्रसाद ढकाल, आरती श्रेष्ठ, सुमन विष्ट र हरेराम कार्र्की, वाणिज्यतर्फको सदस्यहरुमा अञ्जल प्रधान, धर्मलाल प्रधान, ईश्वर कार्र्की, बलराम थापा, बिक्रम केसी, यादवज· रायमाझी, जयराम खत्री केसी र यशोदा अधिकारी (महिला) तथा मोबाइल एसोसिएसन अफ नेपाल उत्तरी क्षेत्र समिति पालुङबाट सुबिन्द्रमान प्रधान बस्तुगततर्फको सदस्य चयन भएको जनाइएको छ । ७ वाणिज्य सदस्यका लागि ८ जनाको उमेदवारी दर्ता भएको थियो । उद्योगतर्फका ४ सदस्यका लागि ५ जनाको उमेदवारी परेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*