तीजको रौनकता बढ्दै, तीज विशेष कार्यक्रम छपक्कै
हेटौंडा- मकवानपुरमा हरितालिका तीजको रौनकता बढ्दै गइरहेको छ । तीज आएसँगै राजनीतिक दलदेखि सामाजिक संघसंस्थाका महिला विभाग, महिलाहरुकै संगठनले तीज विशेष कार्यक्रम आयोजना गरिरहेका छन् ।महिलाहरुको विशेष पर्वको रुपमा तीजमा दरखाने र सांगीतिक कार्यक्रमले जिल्लाका गाउँपालिकादेखि हेटौंडा छपक्कै भइसकेको छ । यसैबीच, हेटौंडा उपमहानगरपालिका–२ चौकिटोलमा सुन्दर व्यायाम समूहको तीज बिशेष कार्यक्रम आयोजना गरेको छ । नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा दरखाने कार्यक्रम र नाचगान कार्यक्रमगरिएको हो ।
व्यायाम समूहमा आवद्ध भएकाहरु शनिबार दिनभरजसो नाचगानमानै व्यस्त रहे । कार्यक्रमलाई संबोधन गर्दै हेटौंडा उपमहानगरपालिका–२ का वडाअध्यक्ष बिष्णुगोपाल महर्जनले व्यायाम क्षेत्रको विस्तार गर्दै यसमा आवस्यक सहयोग गरिने बताए । यस क्षेत्रमा बालबालिकाका लागि पार्क र अरुका लागि व्यायाम गर्ने सामग्रीहरु थप गरिने बताए ।सुन्दर व्यायाम समूहका अध्यक्ष कल्पना सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता अशोक शाक्य, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य तारा ढुंगाना, मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईं, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य राजेन्द्र लामिछाने, व्यवसायी रविन्द्र मिघिरे, प्रमुख प्रशिक्षक पेम्बा लामा लगायतको आतिथ्यता रहेको थियो ।
यसैगरी, एकीकृत अखिल नेपाल शिक्षक संगठन जिल्ला समन्वय समिति मकवानपुरको महिला विभागद्वारा तीज विशेष कार्यक्रम गरिएको छ । तीज पर्वको अवसर पारेर संगठनले शनिबार हेटौंडामा कार्यक्रम गर्नुका साथै शुभकामना आदानप्रदान गरिएको हो । तीज कार्यक्रमका संयोजक सिर्जना पौड्यालको सभाध्यक्षता तथा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, नेकपा (माओवादी) केन्द्र मकवानपुरका संयोजक सर्केश घलान, शिक्षक संगठनका केन्द्रीय सदस्य एवम् मकवानपुर ईन्चार्ज शम्भुविक्रम लामा, संगठनका पूर्वजिल्ला अध्यक्ष भोगेन्द्र लुईँटेल, पूर्वसचिव कृष्ण खनाल, केन्द्रीय परिषद् सदस्य जीवन तिमल्सिनालगायतको आतिथ्यता रहेको थियो ।यस्तै, उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति र महिला उद्यमीको संयुक्त आयोजनामा शनिबार तीज विशेष कार्यक्रम गरिएको छ । संस्थाको १४ औँ स्थापना दिवसको अवसर पारेर महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रम गरिएको हो ।
कार्यक्रममा पूर्वमहिला उद्यमी सभापतिहरुलाई सम्मान
गरिएको थियो । उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका सभापति गणेशमान मानन्धरको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीको प्रमखु आतिथ्यता रहेको थियो । अध्यक्ष कालाखेतीले महिलाहरुले ब्रत बसेर आफ्नो श्रीमानको दीर्घायूको कामना गर्दै आफ्नो परम्परा धान्दै आएको प्रति महिला दिदीबहिनीलाई धन्यवाद ज्ञापन गरे । साथै यस्ताखाले कार्यक्रमले समग्र महिला दिदीबहिनि बीच भाइचार कायम हुने बताए ।
कार्यक्रममा मनहरी गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगर, उद्योग वाणिज्य संघ मकवानपुरका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, मनहरी–७ का वडाअध्यक्ष ठाकुरराम तितुङ, इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक उर्मिला रानामगर, उद्योग वाणिज्य संघ मकवानपुरका महिला सभापति अंकिता सुमार्र्गी, संघ मकवानपुरका पूर्वमहिला सभापति निलम बैद्य, निलम पाण्डे, साना किसान सहकारी संस्था मनहरी–८ का अध्यक्ष बिमला कार्र्की, दिव्यज्योति महिला सहकारीका अध्यक्ष सुजिता कार्र्की,बंगलामुखी सहकारीका अध्यक्ष कमला मैनाली लगायतको आतिथ्यता रहेको थियो भने मनहरीका महिला उद्यमीहरुको सहभागित रहेको थियो ।
यस्तै, नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयोजनामा तीजविशेष कार्यक्रम आयोजना गरिएको छ । संघ महिला विभागले शनिबार हेटौंडामा तीजविशेष कार्यक्रमको आयोजना गर्दै नजिकिदै गरेको हिरितालिका तीजको अवसरमा महिला शिक्षकलाई दर समेत खुवाएको हो ।शिक्षक संघ मकवानपुरको महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक उमा कोइरालाको सभाध्यक्षतामा गुणस्तरीय सार्वजनिक शिक्षामा महिला शिक्षकको भूमिका तथा तीज विशेष कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेस बागामती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षक संघ केन्द्रीय सदस्य रामकुमार अधिकारी, नेविसंघ केन्द्रीय सदस्य मिलन पुडासैनी, कांग्रेस बागामती प्रदेश सदस्य प्रदीप कोइराला, कांग्रेस मकवानपुरका अध्यक्ष बुद्ध लामा, पूर्वअध्यक्ष माइकल रामचन्द्र अर्याल रघुरमण न्यौपाने, शिक्षक संघ बागमती प्रदेश सदस्य ज्ञानेन्द्र बर्तौला, कांग्रेस मकवानपुरका उपाध्यक्ष तथा बकैया गापा अध्यक्ष धर्मराज लामिछाने, सह–सचिव ईन्दिरा न्यौपाने, शिक्षक संघ मकवानपुर अध्यक्ष गणेशप्रसाद हुमागाई, कांग्रेस हेटौंडाका निवर्तमान सभापति आन्नदराम पराजुलीलगायतको उपस्थिति रहेको थियो ।







