एमाले नेता सुवास नेम्वाङको निधन

साझाकुरा
२०८० भाद्र २६, मंगलवार ०९:४०

 नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएको छ । राति १ बजेतिर अचानक हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो। अस्पतालस्रोतले दिएको जानकारीअनुसार राति १ बजेर २० मिनेटमा उनलाई अस्पताल लगिएको थियो।

बिहान सवा ४ बजे नेम्वाङको निधन भएको हो। राति बाथरुम जाने क्रममा उनी एक्कासी ढलेको परिवारका सदस्यको भनाई रहेको छ। परिवारका सदस्यले तत्कालै अस्पताल पु¥याएको भए पनि बाटोमै उनको निधन भएको बताइएको छ।प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

यसमा तपाइको मत

Your email address will not be published.


*