चित्लाङ–थानकोट सडकमा बजेट माग्दै मकवानपुरे जनप्रतिनिधिले प्रधानमन्त्री भेटे

साझाकुरा
२०८० भाद्र २९, शुक्रबार १२:३१

हेटौंडा- थानकोट–चित्लाङ सडक (गणेशमान सिङ राजमार्ग) लाई प्रर्याप्त बजेट विनियोजन गरी निर्माण सम्पन्न गराउन प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँगै भौतिक योजना मन्त्रालयले सकारात्मक तत्परता देखाएका छन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतसँग बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानको नेतृत्वमा थाहा नगरपालिकाका मेयर बिष्णु बिष्ट सहितका टोलीले भेट गरेपछि सकारात्मक जवाफ आएको हो । संघीय सरकारले चित्लाङ–चन्द्रागिरी– थानकोट सडक (गणेशमान सिंह मार्ग) आर्थिक बर्ष २०८०÷८१ को बजेट तथा नीति तथा कार्यक्रममा प्राथमिकतामा नपारेकोले प्रधानमन्त्री तथा अर्थमन्त्रीसँग बालुवाटार पुगेर ध्यानाकर्षण गराएका हुन् ।

बिहीबार बिहान बागमाती प्रदेश सामाजिक विकासमन्त्री कुमारी मोक्तान र मेयर बिष्णु बिष्ट सहित निवर्तमान मेयर लवशेर बिष्ट र नेकपा माओवादी केन्द्र बागमती प्रदेश समिति सदस्य इन्द्रबहादुर श्रेष्ठलगायत प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्ड र अर्थमन्त्री महतले यही बर्ष चित्लाङ थानकोट सडकलाई बजेटको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाउनुभएको भेटमा सहभागी माओवादी नेता श्रेष्ठले जानकारी दिए ।

सडककै लागि बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि छलफल भएको निवर्तमान मेयर बिष्टले बताए । भेटमा मन्त्री प्रकाश ज्वालाले थाहा नगरपालिकालाई राजधानी काठमाडौंसँग जोड्ने छोटो मार्ग गणेशमान सिंह मार्गको स्तरोन्नतिको लागि पहल गर्ने बताएको निवर्तमान मेयर बिष्टले बताए । नगरप्रमुख बिष्टले सरकारले ५० औं बर्षदेखि गरेको लगानिको प्रतिफल आउने अबस्था निर्माण भएको हुँदा यस्लाइ तत्काल निर्माण सम्पन्न गरेर संघीय राजधानीदेखि प्रदेश राजधानी हेटौंडासम्मको यात्राको दुरी छोट्याइ राजधानी काठमाडौंलाई दैनिकरुपमा आबश्यक पर्ने करिब ४० प्रतिशत ताजा तरकारी आपूर्ति गर्ने क्षेत्र थाहानगर, इन्द्रसरोवर, भीमफेदी, कैलाशबाट दुरी घट्ने र उत्पादक तथा उपभोक्ता दुबै लाभान्वित हुने, इन्धन बचतबाट राष्ट्र नै लाभान्वित हुने हँुदा यो सडकको चाँडै निर्माण सम्पन्न गर्न प्रधानमन्त्री तथा अर्थमन्त्रीको ध्यानाकर्षण गराएको बताए ।

थानकोट–चित्लाङ गणेशमान मार्ग निर्माण थालनी भएको ५० औं वर्ष बितिसक्दा पनि पूर्णता नपाउँदा स्थानीयले यथोचित लाभ प्राप्त गर्न नसकेको तथा मकवानपुरको भीमफेदीबाट मानिसले मोटर बोकेर काठमाडौं ल्याउने ऐतिहासिक बाटो अहिलेसम्म निर्माणकार्य सम्पन्न नहुनु बिडम्बना भएको बागमती प्रदेशका सामाजिक विकास मन्त्री मोक्तानले भेटको क्रममा बताएको माओवादी नेता श्रेष्ठले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*