चार वर्षमा जनचेतनाले बढायो १० करोड ऋण लगानी

साझाकुरा
२०८० भाद्र ३१, आईतवार १२:३३

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटेमा रहेको जनचेतना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विगत चार वर्षदेखि निरन्तर ऋण लगानी बढाउँदै लगेको छ ।चार वर्षअघि अर्थात आर्थिक वर्ष २०७६÷७७ मा १९ करोड २३ लाख ९४ हजार २ सय २१ रुपैयाँ ऋण लगानी गरेको जनचेतनाले गत आव २०७९÷८० सम्म आइपुग्दा ऋण लगानी २९ करोड ७८ लाख ११ हजार ६ सय २९ रुपैयाँ पु¥याएको छ ।

सहकारीले आव २०७७÷७८ मा २२ करोड ६२ लाख २८ हजार ६ सय ९१ र आव २०७८÷७९ मा २९ करोड ८ लाख ९८ हजार ३ सय १ रुपैयाँ ऋण लगानी गरेको शनिवार आयोजित २३ औं साधारणसभामा कोषाध्यक्ष ज्योतिमाया डोल्मा, लक्ष्मीदेवी मोक्तानको आर्थिक प्रतिवेदनमा उल्लेख छ ।

जनचेतना सहकारीको गत आव ०७९÷८० मा शेयर पुँजी ३ करोड ६१ लाख १३ हजार ९ सय रुपैयाँ रहेको छ । सहकारीको गत आव ०७९÷८० मा बचत÷ निक्षेप २८ करोड ७ लाख ९५ हजार ८ सय ४८ रुपैयाँ रहेको आर्थिक प्रतिवेदनमा उल्लेख छ । सहकारीकी अध्यक्ष जानुका दुवाडीको सभाध्यक्षता तथा १५ नम्बर वडाका वडाध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, जिल्ला सहकारी संघकी मेनुका दाहाल, जिल्ला बचत संघकी विष्णुमाया लामा, जनचेतना साकोसकी संस्थापक अध्यक्ष लीलामाया थिङलगायतको आतिथ्ययता रहेको थियो ।

साधारणसभाको अवसरमा संस्थाले विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेमा ऐच्छिक बचततर्फ केशरी थापा, सिर्जना श्रेष्ठ, रत्न कुमारी मोक्तान, कुमारीमाया मोक्तान र सोमराज पाख्रिन छन् । त्यस्तै, असलऋणी तर्फ सुनिता थिङ, सुमित्राकुमारी मोक्तान, पूर्णकुमारी पोख्रेल, मेनुका पुलामीमगर र उमेश क्षेत्री रहेका छन् । उत्कृष्ट समूहतर्फमा उन्नतशील महिला समूह, उज्वल महिला समूह, दिदीबहिनी महिला समूह, स्वभिमान महिला समूह, चुरियामाई महिला समूह, सम्झना महिला समूहलाई सम्मान गरेको छ ।

बाल बचततर्फ संस्कार ढुंगाना, शारीरिक अशक्तता भएका दिलबहादुर सुनार, सविता सुनार र दीपक श्रेष्ठलाई सम्मान गरिएको थियो । सभाकै अवसरमा ज्येष्ठ शेयर सदस्यहरु रेनुका थापाक्षेत्री, ठाइलीमाया थिङ, बुद्धिलक्ष्मी तामाङ, प्रीतिमाया स्याङ्तान र फूलमाया थिङलाई सम्मान गरिएको थियो । संस्थाले सर्वोत्कृष्ट कर्मचारीमा संस्थाका लेखापाल अम्बिका आलेमगरलाई सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*