संखमुल क्षेत्र सरसफाई
हेटौंडा-पालुङ जेसीजको आयोजना तथा नेपाल गोजुरियो कराते दो संघको सहयोगमा थाहा नगरपालिकाको पवित्र तीर्थस्थल नारदतीर्थ संखमुल सरसफाइ गरिएको छ । पालुङ जेसीजका पदाधिकारी तथा नेपाल गोजुरियो कराते दो संघका ३० जना खेलाडीको संयुक्त पहलमा तीर्थस्थल सरसफाइ गरिएको कार्यक्रम संयोजक मानसिं दोङले जानकारी दिए ।
पालुङ जेसीजका पूर्वअध्यक्ष रामप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा बर्ष २०२३ का अध्यक्ष संगम कार्र्कीको अध्यक्षतामा सम्पन्न सरसफाइ कार्यक्रममा कोषाध्यक्ष माधव कार्र्की, कानुनी सल्लाहकार निरज रायमाझी, उपाध्यक्ष अजय कार्र्की तथा सदस्यहरु दीपेन्द्र केसी, नारायण कार्र्की, बिराज थापा लगायतको उपस्थिति रहेको थियो ।







