मोटरसाइकल दुर्घटनाबाट आमाको मृत्यु, छोरा घाइते

साझाकुरा
२०८० आश्विन ४, बिहीबार ०९:२८

हेटौंडा- बकैया गाउँपालिका–११ खोरभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा सोटरसाइकलमा सवार एक महिलाको ज्यान गएको छ भने चालक घाइते भएका छन् ।बुधबार बिहान बकैया–१२ खोरभन्ज्याङस्थित जीतपुरभन्ज्याङबाट चपकी खानीतर्फ जाँदै गरेको ना ५१ प ५०४१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा बकैया–१२ टरबास बस्ने ६८ बर्षीया ठुलिमाया न्यासुरको ज्यान गएको मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटना परेर गम्भीर घाइते न्यासुरको उपचारको क्रममा हेटौंडा अस्पतालमा बिहान ११ बजे मृत्यु भएको डिएसपी भण्डारीले बताए । दुर्घटनामा चालक सोही स्थान बस्ने ३२ बर्र्षीय राजकुमार न्यासुर घाइते भएका छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । डिएसपी भण्डारीका अनुसार मृतक ठुलिमाया राजकुमारको आमा हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*