प्रगति साकोसका कार्यसमितिले लिए सपथ
हेटौंडा- नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका नवनिर्वाचित सञ्चालक समिति र लेखासमितिका पदाधिकारीले बुधबार एक कार्यक्रमका बीच पद तथा गोपनीयताको सफत सहित प्रमाणपत्र ग्रहण गरेका छन ।सहकारीको गत भदौं ३० गते भएको २३ औँ साधारणसभाबाट नयाँ सञ्चालक समिति र लेखासमितिको चयन भएको थियो ।
सहकारीको निर्वाचन समितिको संयोजक बद्रीप्रसाद लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष एवम् मकवानपुर जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देबकोटोको प्रमुख आतिथ्यता रहेको थियो । सहकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रमुख अतिथि देवकोटाले प्रमाणपत्र बितरण गरे । निर्वाचन कमिटी संयोजक लम्सालले पद तथा गोपनीयताको सपथ गराए ।
सहकारीको साधारण सभाले आगामी ४ बर्षीय कार्यकालको लागि अध्यक्ष पुनः मिठाराम दाहाल, उपाध्यक्ष एकालाल श्रेष्ठ, सचिव रामजी सापकोटा, कोषाध्यक्ष केशवप्रसाद देवकोटा निर्बिरोध निर्वाचित भएका थिए । यसैगरी सदस्यहरुमा बलराम दुलाल,रमेशप्रसाद घिमिरे, शिबराजपराजुली, कृष्णप्रसाद दाहाल, अर्जुनकुमार खड्का, नारायणप्रसाद ढकाल, शिवहरि दाहाल, सरिता शर्मा र कमलादेवी दाहाल निर्बिरोध भएका थिए ।
सहकारीको लेखासमिति संयोजकमा तेजप्रसाद रुपाखेती र सदस्यमा प्रकाश अधिकारी र गीता सुवेदी निर्बिरोध भएका थिए । सफथग्रहण तथा प्रमाणपत्र बितरण कार्यक्रममा मकवानपुर जिल्ला सहकारी संघका ब्यवस्थापक गोबिन्द दाहाल, शिक्षकहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सीताराम दाहाल, संस्थाका ब्यवस्थापक बद्रीप्रसाद भण्डारीको आतिथ्यता रहेको थियो । निर्वाचन समिति सदस्य नुरप्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रममा अर्का सदस्य बीरेन्द्रप्रसाद ढुंगानाले स्वागत गरेका थिए ।







