श्रीमान्को कुटाईबाट श्रीमती घाइते

साझाकुरा
२०८० आश्विन ५, शुक्रबार ०९:३५

हेटौंडा- हेटौंडामा श्रीमान्को कुटाईबाट श्रीमती गम्भीर घाइते भएकी छिन् । बुधबार राति हेटौंडा–१४ नयाँबस्तीका ३० बर्र्षीय भोम्जनबाबुतामाङले आफ्नो श्रीमती ३० बर्र्षीया सरिता तामाङ निर्घात कुटपिट गरेका हुन् ।भोम्जनको कुटपिटबाट ३० वर्र्षीया सरिता गम्भीर घाइते भएको जिल्लाप्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक (प्रवक्ता) लक्ष्मी भण्डारीले जानकारी दिए । प्रहरीका अनुसार, गम्भीर घाइते सरिताको हेटौंडा–१ मा रहेको सञ्चो अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिटमा संलग्न भोम्जनलाई बुधबार राति नै प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको र उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखिएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*