अवैध चिनी र साडी बरामद

साझाकुरा
२०८० आश्विन ६, शनिबार ०८:२१

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट बिहिबार दिउँसो चिनी र साडी प्रहरीले बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना.६ ख १२६२ नम्बरको यात्रुबाहक बसमा चिनी र साडी बरामद गरेको हो ।प्रहरीका अनुसार बसको पछाडिको डिक्किमा लुकाई छिपाई राखेको अवस्थामा भन्सार छलि गरेर ल्याएको ५० केजी दरको ७ बोरा चिनी र ९० थान साडी बरामद गरिएको हो । चिनी र साडीको बजार मूल्य १ लाख २१ हजार ५०० बराबरको रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*