प्रदेश युवा स्वयंसेवकलाई पुनर्ताजगी तालिम

साझाकुरा
२०८० आश्विन ६, शनिबार ०८:२४

हेटौंडा-बागमती प्रदेश युवा परिषद्को आयोजनामा प्रदेश युवा स्वयंसेवकहरुको पुनर्ताजगी तालिम भएको छ ।प्रदेशका १३ जिल्लामा शिक्षा, स्वास्थ, कृषि, पशु र कम्प्युटर प्राविधिक गरी ५ क्षेत्रका १ सय ३४ जना कार्यरत छन् । संघीय सरकारको सशर्त कार्यक्रमअन्तर्गत १ सय १९ र बाँकी युवा परिषद्को स्वयंसेवक कार्यक्रमअन्तर्गत १५ जाना स्वयंसेवक छन् ।स्थानीय तहको मागको आधारमा निर्बाह भत्ता लिने गरी स्वयंसेवक स्थानीय क्षेत्रमा खटिएका हुन् ।

परिषद् मातहत रहेका स्वयंसेवकहरुले भर्खर मात्र विकराल रुपमा देखापरेको लम्पीस्किन रोग रोकथाममा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले युवालाई कृषि क्षेत्रमा तालिम र रोजगारी दिने बताए ।मुख्यमन्त्री जम्मकट्टेलले आर्थिक उपार्जनमा युवालाई जोड्नु पर्ने बताए । युवालाई कृषि क्षेत्रमा तालिम र रोजगारी सृजनामा सरकारको जोड रहेको उनको भनाई छ ।

उनका अनुसार हरेक स्थानीय तहमा तालिम दिएर युवालाई कृषि उत्पादनमा जोड्ने सरकारको योजना रहेको छ । युवालाई आवश्यक तालिम दिएर स्वरोजगार बनाउने र रोजगारीमा जोड्दै युवालाई विदेश पलायन हुनबाट रोक्ने पहल सरकारबाट भइरहेको उनले बताए । युवालाई स्वदेशमा नै टिकाउने आधुनिक कृषि प्रणालीको विकास गर्दै युवालाई सहभागी गराउन सरकारले योजना बनाइरहेको उनको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार सक्रिय रहेको बताए । ‘प्रदेशलाई खाद्यान्न तथा कृषि उत्पादनमाआत्मनिर्भर बनाउन समुदायमा आधारित कृषि उत्पादनमा जोडने तयारी भइरहेको छ । उत्पादनमा आधारित भएर अनुदान दिने र खाद्यान्नमा आत्मनिर्भर बनाउने अभियानमा सरकार अघि बढेको छ ।’, उनले भने, ‘कृषिमा व्यक्तिलाई अनुदान रकम दिने भन्दा पनि समुदायलाई हित हुने गरी आर्थिक सहायता उपलब्ध गराउने सरकारको तयारी रहेको छ ।’,

कार्यक्रमका अध्यक्ष तथा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवाले आफ्ना क्षेत्रमा कामलाई महत्पूर्ण रुपमा गरेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव भिष्मकुमार भुषालको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*