दिव्यतारा मनहरीको २४ औं सधारणसभा
हेटौंडा- दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सदस्य सेवाकेन्द्र मनहरीको २४ औं वार्षिक साधारणसभा भएको छ ।करिब ६ सय शेयर सदस्य रहेको सेवाकेन्द्रले आर्थिक बर्ष २०७९÷८० असार मसान्तसम्म ८ लाख सत्र हजार आठ सय छब्बीस रुपैयाँ २३ पैसा मुनाफा गरेको छ । संस्थाको बार्षिक लेखाप्रतिबेदन एबम् भाबी नीति तथा कार्यक्रम मनहरी सेवा इकाई केन्द्रका संयोजक प्रकाश बर्तौलाले प्रस्तुत गरेका थिए ।
मनहरी गाउँपालिका–७ का कार्यबाहक वडाअध्यक्ष नवराज सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दिब्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड मकवानपुरका संयोजक डा. गणेश लामाको बिशिष्ट आतिथ्यता रहेको थियो ।
सभालाई सम्बोधन गर्दै कार्यबाहक वडाअध्यक्ष सुबेदीले संस्थाले मनहरीलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गरेकोमा संस्थालाई धन्यबाद दिदै आगामी दिनमा जनताको असली सारथि बन्नेमा आशावादी रहेको बताए । यस्तैगरी संस्थाका मकवानपुर जिल्ला संयोजक डा.लामाले पछिल्लो समयमा सहकारी जोखिमपूर्ण रहेको अवस्थामा पनि मनहरी शाखा नाफामा रहनु सफल भएको भन्दै शाखाको प्रसंशा गरेका थिए । संस्थाको सफलता हुदैगर्दा संस्था संरक्षक महालक्ष्मी डीना उपाध्यायज्युको योगदानलाई भुल्न नहुने उनले बताए ।
प्रायः बचत तथा ऋण सहकारी भन्ने बित्तिकै पैसा राख्ने र लगानी गर्ने कार्यलाई जनाउने गर्दछ । तर, यस संस्थाले भने उत्पादनलाई जोड दिदै आफ्नै स्वामित्वमा तेल मिल संचालनमा ल्याएको छ । हेटौंडामा रहेको मिलद्वारा उत्पादन गरेको शुद्ध तोरीको तेललाई साधारणसभामा आफ्ना शेयर सदस्यलाई २÷२ लिटरको दरले बितरण गरेको थियो ।
शुद्ध तोरीको तेलको बजार मूल्य संस्थाले ३९० रुपैयाँ प्रतिलिटर निर्धारण गरी बजारमा बिक्रीको लागि राखेको छ । आर्थिक मन्दीको कारण सहकारीहरु दबाबमा रहेको अवस्थामा असली ऋणीहरु पनि समस्याग्रस्त अवस्थामा रहेको भन्दै मनहरी इकाई सेवाकेन्द्रका संयोजक बर्तौलाले बर्तमान परिस्थिति प्रतिकूल भएपनि हामी सबैको मनस्थिति बलियो बनाउनुपर्ने बताए ।
सहकारीलाई सफलता दिलाउन शेयर सदस्य, ऋणी, ब्यबस्थापन समिति सबैको एकता हुन आवश्यक रहेको उनले बताए । संस्थाले गत आर्थिक वर्षमा ५७ लाख ४३ हजार तीन सय सत्र रुपैयाँ आम्दानी गरेको थियो । यसैगरी संस्थाको सम्पतिमा उठ्नुपर्ने, नगद, कर्जा लगानी, चालू सम्पती र स्थिर सम्पती गरी ४ करोड ६८ लाख २७ हजार तीन सय ४६ रुपैयाँ रहेको संस्थाको आर्थिक बर्ष २०७९÷८० को असार मसान्त सम्मको आर्थिक प्रतिबेदनले देखाएको छ ।







