पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रलाई स्वास्थ्य सामग्री
हेटौंडा-सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमासम्बन्धी अभिमूखीकरण कार्यक्रमका साथै सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्यसामग्री सहयोग गरेको छ ।कम्पनीले थाहा नगरपालिकामा स्थानीय सरोकारवालासँग शुक्रबार पालुङ जेसीज हलमा कार्यक्रम गरेको हो । कार्यक्रममा थाहा नगरपालिका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्य र विशिष्ट अथितिका रुपमा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल तथा इन्स्योरेन्सका सहायक महाप्रबन्धक चुडामणि सुवेदी रहेका थिए ।
प्राथमिक स्वास्थ्य केन्द्रप्रमुख डाक्टर गगन कार्की, पालुङ बहुमुखी क्याम्पसका प्रमुख राजन मिश्र, पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल, सहव्यवस्थापक रामप्रसाद ढकाल, थाहानगर स्वास्थ्य शाखाप्रमुख मेघराज बलामीलगायत उपस्थिति रहेको थियो ।कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीको छैटौं स्थापना दिवसको अवसर पारेर प्राथमिक स्वास्थ्य केन्द्र पालुङलाई चार थान ह्विल चेयर र चार थान डिजिटल ब्लडप्रेसर नाप्ने मेसिन प्रदान गरेको हो । कार्यक्रम कम्पनीको हेटौंडा शाखाका प्रमुख पवन थापामगरको सभापतित्वमा
भएको थियो ।







