म्याग्दीमा मकवानपुरगढीको ‘कोदो पिठो’ प्रवद्र्धन

साझाकुरा
२०८० आश्विन ६, शनिबार ०८:३६

हेटौंडा- मकवानपुरगढी जेसीज (प्रस्तावित) शाखाले आफ्नो स्थानीय रैथाने बाली तथा स्थानीय उत्पादनको प्रवद्र्धन गरेको छ । मकवानपुरगढी गाउँपालिकाको रैथाने बालीका रुपमा रहेको कोदो, जुनेलो, फापर जस्ता बालीहरुको प्रवद्र्धन तथा प्रचारप्रसारका लागि जेसीज सक्रिय देखिएको हो ।म्याग्दी जेसीजद्वारा आयोजित नेपाल जेसीज क्षेत्र ‘ख’ अन्तरगत ४३ वटा शाखाको उपस्थितिमा भएको सम्मेलनमा मकवानपुरगढी जेसीजले रैथाने बाली ‘कोदोको पिठो’ उपहार दिनुको साथै प्रचारप्रसार गरेको हो ।

‘कोदो मकवानपुरगढीको रैथाने बाली हो । गाउँपालिकाले कृषकसँग समन्वय गरी कोदोको पिठोलाई ब्राण्डिङ गरेको छ । हामीले गाउँपालिकाको राम्रो कामको सम्मान र कृषकलाई रैथाने बाली उत्पादनका लागि मनोबल बढोस् भन्ने उद्देश्यले प्रचारप्रसार गरेका हौँ ।’ मकवानपुरगढी जेसीजका अध्यक्ष पुष्पराज पुडासैनीले भने ।

उत्पादित खाद्य सामग्रीको प्रचारप्रसार भएमा त्यसले राम्रो बजार पाउने र राम्रो बजार पाउँदा कृषकलाई उत्साह थपिने कार्यकारिणी उपाध्यक्ष विजय पुडासैनीले बताए । रैथाने बालीको प्रवद्र्धनमा जुटेको भन्दै सम्मेलन सभापति रजनी थापाले धन्यवाद दिँदै मकवानपुरगढी जेसीजको प्रसंशा गरिन् । कार्यक्रममा मकवानपुरगढी जेसीज (प्रस्तावित)को तर्फबाट अध्यक्ष पुष्पराज पुडासैनी, कार्यकारिणी उपाध्यक्ष विजय पुडासैनी, महासचिव, इरोज न्यौपाने, सुवास अधिकारी, कोषाध्यक्ष सुनिलप्रसाद सुवेदी सहभागी थिए । उनीहरुले रैथाने उत्पादनको प्रचार गरेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*