गाँजा ओसारपसारको आरोपमा स्याङतान र घलान पक्राउ
हेटौंडा-हेटौंडा उपमहानगरपालिकाका दुईजना प्रतिबन्धित लागुऔषध गाँजासहित बाराबाट पक्राउ परेका छन् । कोल्हबी नगरपालिका–२ भलुवाईखोरबाट २५ किलोग्राम लागूऔषध गाँजा सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१६ बस्ने ४३ वर्र्षीय रुद्रबहादुर स्याङतान र हेटौंडा–१ बस्ने ३१ वर्र्षीय कुमार घलान रहेका छन् ।
अस्थाई प्रहरी पोष्ट बाराबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह २२२१ नम्बरको टेम्पोलाई जाँच गर्ने क्रममा ईन्जिनको भागमा बाँधी लुकाई छिपाई ५ वटा पोकामा राखेको गाँजासहित टेम्पो चालक रुद्रबहादुर र टेम्पोमा सवार कुमारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।







