हेटौंडामा आमा सेमिनार गर्दै मानवसेवा आश्रम

साझाकुरा
२०८० आश्विन ७, आईतवार ०९:१२

हेटौंडा- हेटौंडामा मानवसेवा आश्रमले आफ्नो मानवता प्रवद्र्धन कार्यक्रमअन्तर्गत आमा सेमिनार कार्यक्रम आयोजना गर्ने भएको छ ।असोज १४ गते आइतबार १ दिवसीय आमा सेमिनार हुन लागेको आश्रमका अध्यक्ष रामजी अधिकारीले बताए । हेटौंडाको ओम्याक्स सिनेमा हलमा दिनको ३ बजेदेखि ६ बजेसम्म चल्ने आमा सेमिनार हुने अधिकारीले बताए । कार्यक्रममा मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम, र आफूलाई जन्मदिने मातापिताको महत्व बोध गराई, प्रेम, सद्भाव करुणालाई जनजनमा, मनमनमा पु¥याउने उद्देश्यले आयोजना गर्न लागिएको अधिकारीले बताए ।

सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणको परिकल्पनालाई पुरा गर्ने आधार तयार गर्ने राष्ट्रव्यापी रुपमा मानवता प्रवद्र्धनको कार्यक्रम आयोजना गर्न लागेको जनाइएको छ । साउन १३ गते पर्सा वीरगन्ज टाउन हलमा सात सयजनाको सहभागितामा यो कार्यक्रम भएको थियो । भदौ २० देखि असोज १२ गतेसम्म २२ दिन बेलायतका विभिन्न सहरमा आमा सेमिनार सम्पन्न गरिएको अध्यक्ष अधिकारीले बताए ।

बेलायतबाट टोली असोज १२ गते नेपाल आउने बित्तिकै आफ्नो गृहजिल्ला मकवानपुरको हेटौंडामा आमा सेमिनार गरिने र असोज २० गते कास्कीको पोखरा र २७ गते मेचीनगर झापामा हुने अध्यक्ष अधिकारीले बताए । कार्यक्रममा आमा समूह, टोल विकास समिति, युवा समूह वा क्लब, शिक्षक–शिक्षिका, विद्यार्थी, कर्मचारी, धार्मिक तथा आध्यात्मिक संघसंस्थाको प्रतिनिधि, जनप्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चार कर्मी समेतलाई समेटेर कार्यक्रममा ४०० जनाले सहभागिता जनाउनेछन् । कार्यक्रमको व्यवस्थापन मानवता अध्ययन केन्द्रले गर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*