दाहाल प्रेस काउन्सिलबाट पुरस्कृत

साझाकुरा
२०८० आश्विन ७, आईतवार ०९:१५

हेटौंडा- मकवानपुरका अग्रज पत्रकार राममणि दाहाल प्रेस काउन्सिल नेपालको आचारसंहित पुरस्कारबाट पुरस्कृत भएका छन् ।‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार–२०८०’ मकवानपुरका अग्रज पत्रकार दाहालले शनिवार राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट पाएका हुन् । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्वअध्यक्ष दाहाल हेटौंडामा रही गोरखापत्र राष्ट्रिय दैनिकमा बागमती प्रदेश संयोजकको भूमिकामा कार्यरत छन् ।

प्रेस काउन्सिल नेपालले ५४ औं वार्षिकोत्सवको अवसरमा आचारसंहिता पुरस्कारबाट मकवानपुरका दाहालसँगै कञ्चनपुरका माधवसिंह धामी, र काभ्रेबाट प्रकाशित हुने चेष्टा साप्ताहिकलाई पुरस्कृत गरेको छ । प्रेस काउन्सिल नेपालले आफ्नो वार्षिकउत्सवका अवसरमा देशभरबाट करिब ६० जनालाई पुरस्कार र सम्मान प्रदान गरेको छ ।

काउन्सिलले विजय चालिसे, कुलचन्द्र वाग्ले, धर्मेन्द्र झा, गगन विष्ट, राजन कार्की, नरेन्द्रजंग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रवीन्द्र घिमिरे, कृष्ण अधिकारी, उदय जिएम र राजकुमार कार्की रहेका छन् । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको छ ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई दिइएको छ ।प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार दुईजना पत्रकार सागर पण्डित र चूडामणि भट्टराईले पाएका छन् । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई प्रदान गरिएको छ । पत्रकारहरु विमल ज्ञवाली, जीवन भण्डारी, शंकर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज बास्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले पाए ।

प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार १९ जना पत्रकारलाई दिइएको छ । पाण्डव शर्मा, मीन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदीश्वर पाण्डे, राजु लामिछाने, इन्द्रविवश डिसी र ओमकार आचार्यलाई दिइएको हो ।

प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईँ, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्कालाई दिइएको हो । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कारबाट सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार,फिरोज सिद्धिकी पुरस्कृत भएका छन् । प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमलाई दिइएको छ । प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुराँस द्वैमासिकका खिमानन्द पोखरेलले र प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाको आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीले पाए ।

यसमा तपाइको मत

Your email address will not be published.


*