रक्षादेवी टोललाई हरित बनाउन वृक्षरोपण

साझाकुरा
२०८० आश्विन ७, आईतवार ०९:२७

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६, चौघडास्थित रक्षादेवी टोललाई हरियाली टोलको रुपमा विकास गर्ने उद्देश्यले नवजीवनज्योति क्लब हेटौंडा–६ को आयोजनामा वृक्षरोपण भएको छ ।हेटौंडा उपमहानगरपालिका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष राजकुमार बास्तोलाको अध्यक्षतामा वृक्षरोपण भएको हो । रक्षादेवी टोल विकास संस्थामा ८७ घरधुरी आवद्ध छन् । संस्थाले नमूना टोलको लागि विभिन्न कार्यक्रम सहितको वार्षिक कार्यतालिका पनि सार्वजनिक गरेको संस्थाका सचिव राजकुमार फुयाँलले जानकारी दिए ।

टोलको प्रत्येक घर अगाडि कल्की जातको फूलको विरुवा रोपिएको छ । वृक्षरोपण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विष्णुबहादुर दाहाल, मकवानपुरगढी गाउँपालिका ७ का वडाअध्यक्ष सूर्यबहादुर रुम्बा, हेटौंडा उपमहानगरपालिका–६ का वडासदस्यद्वय विजय पौडेल, लेखराज ढकाल, राष्ट्रिय भूमि आयोग विज्ञसदस्य एबम् हेटौंडा–६ का पूर्ववडाअध्यक्ष अर्जुनप्रसाद चौलागाई, नवजीवनज्योति क्लबका निवर्तमान अध्यक्ष श्रीराम पुडासैनी, नवजीवनज्योति क्लबका पूर्वअध्यक्ष श्यामप्रसाद श्रेष्ठ, रक्षादेवी टोल विकास संस्थाको अध्यक्ष रमेशकुमार बानियाँलगायतको आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*