बकैयामा राष्ट्रिय बुदोकैदो प्रतियोगिता हुने
हेटौंडा- मकवानपुरको बकैया गाउँपालिकामा राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट प्रतियोगिता हुने भएको छ । नेपाल बुदोकैदो फुलकन्ट्याक्ट संघको आयोजनामा १७ औँ राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट प्रतियोगिता हुने भएको हो । आगामी शुक्रबारदेखि मकवानपुरको बकैया गाउँपालिका ३ स्थित हात्तिसुँडेमा बुदोकैदो फुल कन्ट्याक्ट तौलसमूह प्रतियोगिता हुने भएको छ । प्रतिप्रतियोगितामा सातवटै प्रदेशका करिब ३६० खेलाडीको सहभागिता रहने आयोजक संघ शाखा अध्यक्ष गणेश लामाले जानकारी दिएका छन् । पुरुषमा १० र महिलामा २ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता सञ्चालन गर्न करिब १५ लाख ६५ हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।







