साइराम साकोसको साधारणसभा

साझाकुरा
२०८० आश्विन ८, सोमबार ०९:२४

हेटौंडा- हेटौंडा–२ स्थित साइराम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा भएको छ । संस्थाका अध्यक्ष राजेन्द्रप्रसाद पौडेलको अध्यक्षता तथा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।साधारणसभाको उद्घाटन गर्दै प्रमुखअतिथि देवकोटाले सहकारीमा सुशासन आवश्यक रहेको बताए । शेयर सदस्यले संस्थाबाट ऋण लिएर आर्थिक उपार्जनको लागि लगानी गरिरहेको भन्दै उनले शेयर सदस्यलाई आयआर्जनतर्फ आकर्षित गर्नुपर्ने बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखाप्रमुख हिमप्रसाद पौडेलले सहकारीले शेयर सदस्यलाई आयआर्जनतर्फ अग्रसर हुने खालको कार्य गर्नुपर्ने बताए ।

संस्थाको वार्षिक साधारण सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थामा कुल २०७२ शेयर सदस्य आवद्ध रहेको सहकारीको शेयर पूँजी २ करोड ६६ लाख ७९ हजार ४ सय रुपैयाँ, बचत निक्षेप २३ करोड ८९ लाख १६ हजार ७ सय ९७ रुपैयाँ रहेको जनाइएको छ । कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका उपाध्यक्ष मीना चौरेल, दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष डा.गणेश लामालगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारीको बचत तथा कर्जामा उत्कृष्ट कारोबार गर्ने, उत्कृष्ट बचत र ज्येष्ठ सदस्यलाई पुरस्कृत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*