हटियाबाट दुईजना फरार अभियुक्त पक्राउ
हेटौंडा- गैंडाको खाग चोरी शिकारी मुद्दाका दुईजना फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरेको छ । चितवन पदमपुर घरभई हेटौंडा–१६ हटिया बस्ने ५२ वर्षीय विष्णु कार्की र ४६ वर्षीय काले बानियाँ पक्राउ परेका हुन् ।उनीहरुलाई हेटौंडा उपमहानगरपालिका–१६ हटियाबाट शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गैंडा मारेर खाग चोरी गरेको मुद्दामा फरार उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले पक्राउ गरेको थियो ।
पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि कसरा सेक्टर चितवन राष्ट्रिय निकुञ्ज पठाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।







