मकवानपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै

साझाकुरा
२०८० आश्विन ९, मंगलवार ०९:४३

हेटौंडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रका विभिन्न वडामा अहिले भाइरल ज्वरोका बिरामी बढ्न थालेका छन् ।मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौंडा अस्पतालमा अहिले दैनिक एक सय ५० जनासम्म भाइरलज्वरोका बिरामी उपचारका लागि आउने गरेका अस्पतालले जानकारी दिएको छ ।ओपिडीमा परीक्षण गर्न आएकामध्ये हाल ८५ जना बिरामीलाई आन्तरिक कक्षमा भर्ना गरी उपचार भइरहेको अस्पतालमा मेसु डा.रामचन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार जिल्लाको दुर्गम क्षेत्रबाट पनि भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् ।

जिल्लाको थाहा नगरपालिकाका साथै आठ गाउँपालिकाको विभिन्न वडा र टोलमा भाइरल ज्वरोबाट नागरिक प्रभावित भएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्थानीय पालिकामा रहेका स्वास्थ्यचौकी, उपस्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्यकेन्द्रलगायत निजी अस्पतालमा समेत केही दिनयता भाइरल ज्वरोका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालयका अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । उनले जिल्लाका सबै स्वास्थ्य कार्यालय तथा जनस्वास्थ्यमा आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्र्मीलाई सम्पर्कमा राखी छिटोछरितो उपचार सेवा पु¥याउन निर्देशन दिइएको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published.


*