रातोमाटेबाट सुर्ती र चिनी बरामद
हेटौंडा-भन्सार छलेर ल्याएको सुर्ती र चिनी जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख २६९४ नम्बरको यात्रुबाहक बसबाट सुर्र्ती र चिनी बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार बसको जाँच गर्ने क्रममा बसको पछाडिको डिक्किबाट सुर्ती ५ बोरा (१ सय ७० केजी) र चिनी ८० किलोग्राम फेला परेको हो । फेला परेको समानको बिलमा उल्लेख भएको परिमाण भन्दा फरक परेकोले समान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।







