राप्ती खोलामा डुबेर बालकको मृत्यु

साझाकुरा
२०८० आश्विन १०, बुधबार ०९:४२

हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१, स्थित राप्ती खोलामा डुबेर १० वर्षीय एक बालकको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरकाअनुसार हेटौंडा–४भैरवरोड बस्ने १० बर्र्षीय संसाद अन्सारीको मृत्यु भएको हो । अन्सारी आफ्नो परिवारसँग मंगलबार दिउँसो तरकारी बजारनजिकै राप्ती खोलामा पौडी खेल्न गएका थिए ।

सोही क्रममा अन्सारी खोलामा डुबेको र खोलाले करिब ५ सय मिटर तलसम्म बगाएको अवस्थामा शव फेला परेको जनाइएको छ । हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्तीपुल नजिकै खोलामा अन्सारी बगिरहेको देखेपछि स्थानीयले उद्दार गरेर हेटौंडा अस्पताल लगेका थिए । उनको दिउँसो १२ बजेर ५० मिनेटमा हेटौंडा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*