राक्सिराङमा लगाइएको गाँजा खेती नष्ट
हेटौंडा-जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध गाँजा खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले १५ बिगाहा अवैध लागूऔषध गाँजा खेती नष्ट गरेको हो । असोज ६, ७ र ८ गते प्रहरीले राक्सिराङ गाउँपालिका ९ धाधुङ, सुकेल तेन्चुराङ्, वडा ४ स्थित खुर्कोट, चौकीटार, साईता र वडा ५ स्थित बोटबारीलगायतको स्थानहरुमा अवैध रुपमा लगाईएको १५ बिगाहा लागूऔषध गाजाँ खेती नष्ट गरिएको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।







