गाँजा ओसारपसारको आरोपमा चारजना पक्राउ

साझाकुरा
२०८० आश्विन ११, बिहीबार ०९:०४

हेटौंडा- जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागूऔषध गाँजा ओसारपसार गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ ।प्रहरीले हेटौंडा उपमहा नगरपालिका–१४ कालिकाखोल्चाबाट २ जना र हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट २ जनालाई नियन्त्रणमा लिएको हो । हेटौंडा–१४ कालिकाखोल्चाबाट मंगलबार लागूऔषध गाँजा ६० केजीसहित हेटौंडा–१ चौकीटोल बस्ने ३३ वर्र्षीय धनबहादुर विक र मनहरी गाउँपालका–१ बस्ने ४० वर्र्षीय अवतारसिंह डिमडुङलाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरीप्रबक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरीचौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई गाँजा सहित नियन्त्रणमा लिएको हो ।यसैगरी, प्रहरीले हेटौंडा–१५ रातोमाटेबाट लागूऔषध गाँजा २० केजीसहित २ जनालाई मंगलबार दिउँसो नियन्त्रणमा लिएको छ । चितवन राप्ती नगरपालिका–३ बस्ने २२ वर्र्षीय अशोक तामाङ र ३२ वर्र्षीय बिसन प्रजालाई गाँजासहित प्रहरीले नियन्त्रणमा लिएको हो । ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरीचौकी रातोमाटेबाट खटिएको प्रहरीले प्रदेश ३–०१–०२५ च ५७८३ नम्बरको बोलेरो गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरुलाई गाँजासहित पक्राउ गरिएको प्रवक्ता भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*