इन्द्रसरोवरमा पालिकास्तरीय कर्मचारी हकहित समिति गठन

साझाकुरा
२०८० आश्विन ११, बिहीबार ०९:३९

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिकामा कार्यरत स्थानीय तहका कर्मचारीहरुको भेलाले पालिकास्तरीय कर्मचारी हकहित समिति गठन गरेको छ ।९ असोजमा भएको भेलाले योजना तथा प्रशासकीय अधिकृत दीपक चापागाईको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको हो ।समितिको सचिवमा मञ्जरी बलामी, कोषाध्यक्षमा मिलन न्यौपाने चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा मन्नुनाथ अधिकारी, शुभद्रा ओझा, वसन्त केसी, बिमल मोक्तान, ज्ञानेन्द्र नेपाल र रुद्रप्रसाद न्यौपाने रहेका छन् ।

समितिले जिल्ला तथा केन्द्रीय प्रतिनिधि र सल्लाहकार समेत चयन गरेको छ।समितिको जिल्ला प्रतिनिधि संयोजकमा ध्रुवकुमार अधिकारी र सदस्यमा रुद्रप्रसाद न्यौपाने चयन गरेको छ भने केन्द्रीय प्रतिनिधि संयोजकमा ज्ञानेन्द्र नेपाल र र सदस्य शुभद्रा ओझालाई चयन गरेको छ । समितिको सल्लाहकारमा धर्मानन्द पन्त र सुरेशप्रसाद कोइरालालाई चयन गरेको संयोजक दीपक चापागाईले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*