घरायसी विवादमा चिरपट प्रहार, बुबा, आमा र भाइ घाइते

साझाकुरा
२०८० आश्विन १२, शुक्रबार ०९:१६

हेटौंडा- हेटौंडा उपमहानगरपालिकामा घरायसी विवाद हुँदा एकाघरका तीन जना घाइते भएका छन् । विवादपछि छोराले चिरपट प्रहार गर्दा बाबु, आमा र भाइ घाइते भएका हुन् ।घटना हेटौंडा उपमहा नगरपालिका–३ बुलनटोलको हो । बद्रीनाथ मैनालीले घरायसी विवादको कारण बुबा, आमा र भाइलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । बुधबार घरायसी बिवाद हुँदा ५० वर्षीय मैनालीले चिरपटले हानेर बुबा आमा र भाइलाई घाइते बनाएकोमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मैनालीले चिरपटले हान्दा उनका बुबा ७३ वर्र्षीय रामजी मैनाली, आमा ६५ वर्षीया माया मैनाली र भाइ ४० वर्षीय केदार मैनाली घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।कुटपिटबाट घाइते तीनै जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा आमा मायाको अवस्था गम्भीर भई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको प्रहरीले जनाएको छ । प्रहरीले बद्रीनाथलाई पक्राउ गरी अनुसन्धान तथा आवश्यक कारवाहीको प्रक्रिया सुरु गरेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*