पालुङ प्राधिकरणले काट्यो २८ ग्राहकको लाइन

साझाकुरा
२०८० कार्तिक १४, मंगलवार १०:२९

हेटौंडा- नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले बक्यौता महशुल नतिर्ने स्थानीय २८ उपभोक्ताहरुको लाइन काटेको छ ।पालुङ वितरण केन्द्रले सोमबार एकै दिन महशुल नतिर्ने २८ ग्राहकको लाइन काटेको हो । लामो समयदेखि बक्यौता नतिर्ने ग्राहकको लाइन काट्न पालुङ प्राधिकरणले सुरु गरेकै दिन सोमबार वितरण केन्द्रअन्तर्गत्का औद्योगिक व्यावसायिक तथा घरेलु गरी २८ ग्राहकको लाइन काटेको पालुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिएका छन् । विद्युत उपभोक्ताबाट असुल उपर गर्नुपर्ने विद्युत महसुल बक्यौता बृद्धि हुँदै गएपछि पालुङ वितरण केन्द्रले लाइन काट्ने अभियान नै चलाएको छ ।

विद्युत महसुल समयमा भुक्तान नगर्ने उपभोक्ताको विद्युत महसुल संकलन विनियमावली, २०७८ बमोजिम मिटर रिडिङ भएको ६० औं दिनसम्म पनि बक्यौता महसुल नबुझाउने उपभोक्ताको विद्युत लाइन काट्न सकिने प्रावधान रहेको र पटकपटक सार्वजानिक सूचनामार्फत् जानकारी गराउँदा पनि अटेर गरी महशुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको केन्द्र प्रमुख न्यौपानेले बताए । १५ हजार ग्राहक रहेको पालुङ वितरण केन्द्रमा २ करोड १० लाख ९३ हजार १ सय ६३ रुपैंया बक्यौता पुगेको छ ।

प्राधिकरणले पालुङ वितरण केन्द्रसहित बज्रबाराही, मार्खु, फाखेल, सिस्नेरीलगायत फ्यूज सेवालाई परिचालन गरेर एकैपटक सबैतिर बक्यौता नतिर्ने ग्राहकको लाइन काटिएको र सोमबार काटिकएका २८ मध्ये १३ ग्राहकले ५ लाख ७५ हजार महशुल भुक्तानी गरी लाइन जोडान गरिसकेको वितरण केन्द्रका लेखा प्रमुख सुमन शिवाकोटीले जानकारी दिएका छन् । सोमबारबाट सुरु भएको अभियानलाई निरन्तर संचालन गरी बक्यौता रहेका सबै ग्राहकको लाइन काटिने पालुङ प्राधिकरणले चेतावनी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*