भारतबाट भित्रिएको दूध ट्यांकर रातोमाटेबाट नियन्त्रणमा
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–१५, स्थित रातोमाटेबाट प्रहरीले भारतबाट अबैध तरिकाले आएको एक ट्यांकर दूध नियन्त्रणमा लिएको छ ।बिल नभएको र गूणस्तरको प्रमाणपत्र समेत नभएको एक ट्यांकर दूध हेटौंडा उपमहानगरपालिका भित्रिँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो । संघीय सरकारले भारतबाट आइरहेको दूधलाई नियन्त्रण गर्न नसक्दा किसानहरु मारमा पर्दै आएका छन । नियन्त्रणमा लिएको दूध क्वारेन्टाइनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सिताराम रिजालले जानकारी दिए ।
पछिल्लो समय भारतबाट अबैध तरिकाले भित्रिएको दूधका कारण यहाँका किसानहरुले उत्पादन गरेको दूध बिक्री हुन समस्या भइरहेको छ । तर, मकवानपुर लगायतका देशका विभिन्न जिल्लामा रहेका निजी डेरी उद्योगहरुले भारतबाट सस्तोमा दूध खरिद गरेर महगोमा बिक्री बितरण गर्दै आएको आरोप छ ।