चित्लाङ प्याराग्लाइडिङ जोनमा समावेश

साझाकुरा
२०८० मंसिर ३, आईतवार ११:०६

हेटौंडा- बागमती प्रदेश सरकारले सन २०२४ लाई प्रदेश भ्रमण वर्ष मनाउने घोषणा गरिरहँदा नेपाल नागरिक उड्ययन प्राधिकरणले मकवानपुरको उत्तरी क्षेत्रस्थित चित्लाङलाई प्याराग्लाइडिङ जोनमा समावेश गरेको छ ।चित्लाङसहित नेपालमा थप चार स्थानमा प्याराग्लाइडिङ जोन तोकिएको छ । नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार रामेछापको मानेडाँडा, दाङको राप्ती, मकवानपुरको चित्लाङ र स्याङ्जाको आँधीखोलामा प्याराग्लाइडिङ जोन तोकिएको हो । यसमध्ये केही जोनमा व्यावसायिक उडान समेत सुरु भइसकेको छ ।

चित्लाङमा चन्द्रागिरीबाट प्याराग्लाइडिङ थालिएको छ । प्राधिकरणले अनुमति दिएको स्थानमा मात्र यस्ता साहसिक गतिविधि गर्न पाइन्छ । पोखराबाट सुरु भएको यो साहसिक खेल पछिल्लो समय देशव्यापी विस्तार भइरहेको छ । चित्लाङ नजिकैको इन्द्रसरोबर तालमाथि पनि प्याराग्लाइडिङको सम्भावनाको खोजी गरिएको थियो । तर, प्राधिकरणले अनुमति नदिएकाले प्याराग्लाइडिङ सम्भवन भएको छैन ।

यसमा तपाइको मत

Your email address will not be published.


*