देउसीभैलोको रकमको फोक्सो बिरामीलाई

साझाकुरा
२०८० मंसिर ७, बिहीबार ११:०७

हेटौंडा-हेटौंडा–६ रामनगर निवासी सागर बोहरा सहितका टोलीले देउसीभैलो खेलेर संकलित रकम सहयोग गरेका छन् । बुधबार रकम आन्द्रा तथा फोक्सोका विरामी समेत
रहेका हेटौंडा–६ रामनगर निवासी राजेश राईलाई हस्तान्तरण गरिएको हो । आर्थिक अवस्था कमजोर रहेको राई परिवारलाई देउसी खेल्दा संकलित रकम हस्तान्तरण गरिएको बोहराले बताए ।

देउसी खेलेर जम्मा भएको ४१ हजार हस्तान्तरण गर्नुका साथै वडा नं. ६ का वडासदस्य लेखराज ढकालले १० हजार रकम सहगोग गरेको थिए । हस्तान्तरण कार्यक्रममा वडासदस्य ढकाल, रामनगर टोल विकास संस्थाका अध्यक्ष कृतिमान श्रेष्ठ, टोल विकास नगर समन्वय समितिका उपाध्यक्ष विष्णुप्रसाद ढुंगाना, सचिव केशव बोहरालगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*