हेटौंडा एकेडेमीका विद्यार्थीद्वारा बिरामीलाई फलफूल वितरण

साझाकुरा
२०८० मंसिर १७, आईतवार १०:००

हेटौंडा- देशको विभिन्न भागबाट हेटौंडा एकेडेमीको छात्रावासमा बसेर अध्ययन गरिरहेका विद्यार्थीले आफ्नो नियमित शैक्षिक क्रियाकलाप अन्तर्गत हेटौंडा अस्पतालका बिरामीलाई फलफूल बितरण गरेका छन् । ‘म सेवा गर्छु’ भन्ने भावमा आधारित विभिन्न क्रियाकलाप गर्ने क्रममा शनिबार हेटौंडा अस्पतालको विभिन्न वार्डमा भर्ना भएर उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै उनीहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरे । हेटौंडा एकेडेमीका सीइओ रमेश रिमालको विशेष उपस्थितिमा विद्यार्थीले बिरामीलाई फलफूल बितरण गरेका हुन् ।

आगामी फागुनमा एकेडेमीले रजतवर्ष मनाउने तयारी गरिरहेको सीइओ रिमालले जानकारी दिएका छन् । एकेडेमीका प्रशासन तथा लेखाशाखाप्रमुख सुमन आचार्य र छात्रावास प्रमुख पेम्बा लामाले विद्यार्थीहरुलाई समन्वय गरेका थिए । एकेडेमीका सीइओ रिमालले ‘सिकाइलाई जीवनसँग जोड्न सकियो भनेमात्र सिकाइ अर्थपूर्ण हुन्छ’ भन्ने भावनाको विकास गर्दै एकेडेमीले कक्षाकोठामा सिकेको कुरालाई ब्यवहारमा उतार्ने प्रयास गरेको बताए ।

हेटौंडा एकेडेमीमा कक्षाकोठामा सिकेका कुरालाई व्यवहारमा उतार्न विद्यार्थीलाई सधैं प्रेरित गरिने सीइओ रिमालले जानकारी दिए । यस्ता विभिन्न कार्यक्रमका साथ स्थापनाको २५ औं वर्षगाँठ मनाईरहेको हेटौंडा एकेडेमीले रजत जयन्ती मूल समारोह भने आगामी फागुनमा आयोजना गर्ने रिमालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*