आगलागीबाट १२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति

साझाकुरा
२०८३ जेष्ठ २८, बिहीबार १०:१६

हेटौंडा-पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा विद्युत् सर्टभई भएको आगलागीबाट १२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ । बकैया गाउँपालिका–३ चिसापानीका कुलबहादुर घिसिङको घरमा मंगलबार राति विद्युत् सर्टभई अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आगलागीबाट ३० मुरी धान, १५ क्विन्टल मकै, एउटा विद्युतीय घट्ट, करिब एक लाख रुपैयाँ बराबरका फर्निचरका सामान, लत्ताकपडा, भाँडावर्तन, विद्युत् मिटर तथा घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी नायवउपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरीचौकी हात्तिसुँडे र इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीटोली, स्थानीयवासी, बागमती गाउँपालिका र हेटौंडा उपमहानगरपालिकाको बारुणयन्त्रको सहयोगमा करिब एक घण्टापछि आगो पूर्णरुपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट कुनै मानवीय तथा पशुचौपाया क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*