हेटौंडा अस्पताल ३०० शैया क्षमतामा स्तरवृद्धि, पूर्वाधार पर्याप्त

साझाकुरा
२०८० पुष ५, बिहीबार १२:४९

हेटौंडा-कुनैबेला ‘रिफर’ सेन्टरको रुपमा गुज्रिएको मकवानपुरको सरकारी अस्पताल विस्तारै सुधारोन्मुख छ ।राज्य पुनःसंरचना प्रश्चात बनेको बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौंडा अस्पताल निरन्तर सुधारको गतिमा अगाडि बढेको हो । विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तृरवृद्धिको क्रम अगाडि बढेको हो । विगतमा संघीय सरकारको ५० शैया (बेड) र अस्पताल विकास समितिको ६० गरी ११० शैयाको क्षमतामा काम गरिरहेको अस्पताललाई प्रदेश सरकारलेस्तरोन्नती गर्ने निर्णय गरेको छ ।

बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले हेटौंडा अस्पताललाई ३०० शैयाको क्षमतामा स्तरोन्नती गर्ने निर्णय गरेसँगै कुनैबेला ‘रिफर’ सेन्टर बनेको अस्पतालले काँचुली फेर्ने निश्चित छ । कानुनत प्रदेश सरकारले आफ्नो मातहतको अस्पताललाई २०० शैयासम्म स्तरवृद्धि गर्न सक्छ । जसअनुसार प्रदेश सरकारले हेटौंडा अस्पतालमा थप २ सय शैया थप्ने भएको हो । हाल अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको ६० शैयामा ४० थपगरेर १०० पु¥याउने र प्रदेशसरकारले थपेको २०० शैया गरी कुल ३०० शैयाको क्षमतामा अस्पताल सञ्चालन हुने भएको समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए ।

प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीका अनुसार प्रदेश सरकारले हेटौंडा अस्पतालसहित प्रदेश सरकार मातहतका १० अस्पतालकोस्तरोन्नति गर्ने निर्णय गरेको हो । प्रदेश मन्त्रिपरिषद्ले हेटौंडा अस्पताल मकवानपुर र भक्तपुर अस्पताल भक्तपुरलाई ३०० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको मन्त्री जोशीले बताए । हेटौंडा अस्पताल २०२२ सालमा स्थापना भएको थियोे ।

यसैगरी, धादिङ अस्पताल धादिङबेसी, त्रिशूली अस्पताल नुवाकोट, सिन्धुली अस्पताल सिन्धुली र बकुलहर अस्पताल चितवनलाई १०० शैयामा स्तरोन्नति गरिने भएको छ । सिन्धुपाल्चोक अस्पताल, रामेछाप अस्पताल, दोलखाको पशुपति चौलागाईं अस्पताल र काभ्रेको मेथिनकोट अस्पताल ५०÷५० बेडमा स्तरोन्नती गर्ने निर्णय भएको मन्त्री जोशीले बताए । प्रदेश स्वास्थ्य मन्त्रालयको १ हजार ६ सय ६९ जना (प्राविधिक सहित) कर्मचारीको संगठन संरचना स्वीकृत पनिगरिएको छ ।

हेटौंडा अस्पताल ३०० शैयामा स्तरवृद्धि भएसँगै थप विशेष चिकित्सकको आवश्यकता पर्दछ । विशेषज्ञ चिकित्सकको लागि सरकारले दरबन्दी जारी गरेपछि सेवामा पनि विस्तार गर्न सकिने हेटौंडा अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति सदस्य चौलागाईं बताउँछन् । ३०० शैया भएपछि अस्पताललाई मुटुरोग विशेषज्ञ, न्युरो सर्जन, मृगौला सम्बन्धी चिकित्सकलगायतको दरबन्दी बढाउनुपर्ने उनले बताए । अस्पताल स्तरवृद्धि भएसँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमबीबीएस र एमबी अध्यापनको लागि बाटो पनि खुलेको छ ।

हेटौंडा अस्पताललाई ३०० शैयाको क्षमतामा सञ्चालन गर्न पूर्वाधार पर्याप्त रहेको उनले जानकारी दिए । ‘हामीसँग पूर्वाधार पर्याप्त छ । अत्यावश्यक स्वास्थ्य सामग्री पनि जडान भएर केही सुचारु र केही सञ्चालनको तयारीमा छ । तर, पूर्णक्षमतामा चलाउन जनशक्ति अभाव हुन्छ । जनशक्तिको व्यवस्थापन प्रदेश सरकारले गर्छ ।’, उनले भने । हेटौंडा अस्पतालको पाँच तले नयाँ भवन निर्माणाधीन रहेको समिति सदस्य चौलागाईंले जानकारी दिए । निर्माणाधीन भवन २०० शैयाको लागि हो । निर्माणाधीन भवन २०८२ सालभित्र समितिलाई हस्तान्तरण गर्नुपर्ने उनले बताए ।

अस्पताल प्रदेश मातहत आएपछि एमआरआई, सिटिस्क्यान, अत्याधुनिक प्रयोगशाला, १७ बेडको आइसियू र एचडियू सञ्चालन गरिएको छ । विगतमा ७ वटा बेडबाट आकस्मिक कक्ष चलाएको अस्पतालमा हाल २५ बेड रहेको सदस्य चौलागाईंले जानकारी दिए । अस्पतालमा मनोचिकित्स वार्ड सञ्चालन हुँदैछ । एनआइसियू सञ्चालनको तयारीमा रहेको उनले बताए । विगतमा एउटा अप्रशेन थिएटरबाट चलेको अस्पतालमा निकट भविष्यमै चार वटासम्म अप्रेशन कक्ष सञ्चालन हुने चौलागाईं बताउँछन् ।
हेटौंडा अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा थप गर्ने गरी तयारी थालिएको छ । प्रदेश सरकारको ५ करोड बढी रकम लागतमा अस्पतालमा मिर्गौला प्रत्यारोपणको लागि आवश्यक तयारीका काम भइरहेको हो ।

अस्पतालले मिर्गौला प्रत्यारोपण सेवा सञ्चालनका लागि सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा काम अघि बढाएको हो ।विदेशी दातृनिकाय यूएसआईडीको सहयोगमा २०१६ सालमा १५ शैयाको स्थापना भएको अस्पताललाई २०२२ सालमा जिल्ला अस्पतालको रुपमा स्तरोन्नति गर्दै तत्कालीन सरकारले २५ शैयाको बनाएको थियो । २०३० देखि अस्पताल ५० शैयाको बनेको थियो । तर, त्यतिबेला पूर्वाधार र जनशक्तिले गर्दा रेफर गर्ने अस्पतालको परिचय बनेको थियो । मुलुक शासकीय व्यवस्था संघीयतामा रुपान्तरसँगै हेटौंडा अस्पतालले काँचुली फेर्न सुरु गरेको छ । हाल अस्पतालमा चिकित्सक करिब ६६ जना गरी कुल कर्मचारी २ सय ९१ जना
रहेका छन् । ३०० शैयामा सञ्चालन गर्न अस्पताललाई थप कर्मचारीको आवश्यक पर्ने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*