युसेस सहकारीको साधारणसभा

साझाकुरा
२०८० पुष ८, आईतवार १२:२२

हेटौंडा-हेटौंडा उपमहानगरपालिका–४, स्थित युसेस बचता तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारणसभा भएको छ ।सहकारीका अध्यक्ष उत्तम शर्मा ढकालको सभाध्यक्षता तथा हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यतामा साधरणसभा भएको हो ।कार्यक्रममा हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपाने, १० नम्बर वडाअध्यक्ष फुर्वा दोर्जे लामा, हेटौंडा उपमहानगरका सहकारी शाखाप्रमुख हिमप्रसाद पौडेल, सहकारीका बुद्धशरण लामा, हयग्रीव आचार्यलगायतको आतिथ्यता रहेको थियो । सहकारीमा सुखसमृद्धि, नारायणी बहुद्देश्यीय, मित्रमिलन, पञ्चरत्न लगायतको सहकारीका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सहकारीको शेयर पुँजी १ करोड रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बचत रहेको सहकारीले ७ करोड रुपैयाँ आफ्ना शेयर सदस्यलाई ऋण लगानी गरेको अध्यक्ष ढकालले जानकारी दिए । २०६६ सालमा २५ जना शेयर सदस्यको करिब एक लाख २५ हजारबाट कारोबार सुरु गरेको सहकारीमा २०८० आसार मसान्तसम्म ८ सय ६२ जना शेयर सदस्य पुगेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*