आधुनिक कृषक समूहको साधारणसभा

साझाकुरा
२०८० पुष ८, आईतवार १२:२६

हेटौंडा-थाहा नगरपालिका–३ मा रहेको आधुनिक कृषि तथा पशुपंक्षीपालक कृषक समूहको दोश्रो बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।थाहानगरको शंकर होटलमा भएको साधारणसभाले आगामी २ वर्षे कार्यकालको लागि राजेन्द्रकुमार खत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा कृष्ण बिष्ट, सचिवमा मधुकर अधिकारी, कोषाध्यक्षमा प्रदीप उप्रेती चयन भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा भुवन सेढाई, कपिलध्वज कार्की, रबि जिम्बा चयन भएका छन् । साधारणसभाले कार्यसमितिको तर्फबाट कार्यबाहक अध्यक्ष खत्रीले प्रस्तुत गरेको वार्षिक प्रतिबेदन सहित आगामी नीति तथा कार्यक्रम, कोषाध्यक्ष उप्रेतीले प्रस्तुत गरेको लेखापरीक्षण प्रतिबेदन सहितको आर्थिक प्रतिबेदन पारित गरेको छ ।२०७८ मा स्थापना भएको समूहले बिभिन्न संघसंस्थासँगको समन्वयमा कृषि र पशुपालनसम्बन्धी बिबिध कार्यक्रम संचालन गर्दै आएको छ । कार्यबाहक अध्यक्ष खत्रीको अध्यक्षतामा भएको साधारण सभाको संचालन सचिव रामचन्द्र खत्रीले गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*