बकैयाको जंगलमा शव फेला

साझाकुरा
२०८० पुष ९, सोमबार १२:०७

हेटौंडा- मकवानपुरको पूर्वीक्षेत्रस्थित बकैया गाउँपालिकामा सडेगलेको अवस्थामा वृद्धको शव फेला परेको छ । बकैया गाउँपालिका वडा नम्बर–२ सरस्वती सामुदायिक बनमा शव भेटिएको हो ।बतासेडाँडास्थित जंगलको भिरबाट करिब ३०० मिटर तल अन्दाजी ६०÷६५ बर्षीय वृद्धको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

मकवानपुरका प्रहरी प्रवक्ता एवम् प्रहरी नायवउपरीक्षक लक्ष्मी भण्डारीका अनुसार शनिवार भेटिएको शवको हालसम्मे सनाखत हुन सकेको छैन ।शव भेटिएको बारे स्थानीले प्रहरीलाई खबर गरेका थिए । सूचना पछि प्रहरीले घटनास्थल पुग्दा दुर्गन्धित अवस्थामा शव फेला परेको प्रवक्ता भण्डारीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*