बकैयाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा
हेटौंडा-बकैया गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुुगेको छ । काम सम्पन्न गर्ने निर्धारीत मितिभन्दा अगाडि नै भवन निर्माण सम्पन्न गर्ने लक्ष्यसाथ कामलाई तीव्रता दिइएको निर्माण कम्पनीले जनाएको छ ।गाउँपालिका सञ्चालनमा रहेकै प्रा·णमा चारतले सुविधा सम्पन्न भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठले बताए । उनका अनुुसार ‘नयाँ बन्न लागेको गाउँपालिकाको प्रशासनिक आरसिसी भवन नयाँ मापदण्ड अनुुसारको हो ।’ यसअघि ट्रष्टको भवनबाट बकैया गाउँपालिकाको कार्यालय संचालन हुँदै आएको छ ।
निर्माण कम्पनीले समयमै काम सम्पन्न गर्ने लक्ष्य र गाउँपालिकाको नियमित अनुुगमन कार्यले भवन निर्माण कार्यले तीव्रता पाएको श्रेष्ठले बताए । निर्माण कम्पनीले ०७९ सालको जेठ ३१ गते भवन निर्माणका लागि गाउँपालिकासँग सम्झौता भए अनुसार तोकिएकै समय २०८१ जेठ ३० गते सम्पन्न गर्ने प्रशासकीय अधिकृत श्रेष्ठको भनाइ छ । दुुई वर्षमा सम्पन्न गर्ने गरी आशिर्वाद÷ संजय÷सुभानी जेभी हेटौंडा–५ मकवानपुरले सात करोड ८२ लाख ५० हजार ७७० रुपौयाँमा सम्झौता गरेको पालिकाले जनाएको छ ।
संघीय सरकारको अनुदानमा हुन लागेको भवन निर्माणका लागि लाग्ने लागत रकम निकासामा केही ढिलाई भएका कारण भने समयसीमा भित्र कार्यसम्पन्न गर्न असमर्थ हुने हो कि भन्ने आशंका श्रेष्ठको छ । असार मसान्तसम्म भवन निर्माण सम्पन्न गरेर गाउँपालिकालाई बुुझाउनुपर्ने सम्झौता अनुसार निर्माण कम्पनीले काम सम्पन्न गरेर हस्तान्तरण गर्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।







