महोत्सवमा थामिनसक्नु दर्शक, आयोजक खुशीले ‘गदगद’

साझाकुरा
२०८० पुष १०, मंगलवार १२:२३

हेटौंडा- मकवानपुर उद्योग वाणिज्य संघमा आबद्ध बस्तुगत संघहरुले तीब्र बिरोध गरिरहँदा खेलकुद तथा ब्यापार महोतसव आयोजकलाई कतै असफल हुने हो कि ? भन्ने मनमा चिन्ता थियो । तर, महोत्सव सुरु भएपछि अवलोकनकर्ता थामिनसक्नु गरी ओइरिएपछि आयोजक खुशी भएका छन् । हेटौंडाको टिसिएनचौरमा सञ्चालन भैरहेको खेलकुद तथा व्यापार महोत्सवमा सोमबार चर्चित गायक प्रमोद खरेलले आफ्नो सांगीतिक प्रश्तुती प्रश्तुत गरेका छन् । उनको गीत सुन्न दर्शकको भीड लागेको थियो । युवा पुस्ताले निकै रुचाएका गायक खरेलले आफ्ना करिब एक दर्जन गीत गाएका थिए । महोत्सवका दर्शकले नाच्दै र गाउँदै उनलाई साथ दिएका थिए । सोमबार खरेलसँगै गायिका सहिमा श्रेष्ठ, गायक असिमकुमार कटुवाल र जादुगर बलराम सरकारको प्रश्तुती रहेको थियो ।

आगामी पुस १३ गतेदेखि १५ गते हेटौंडा–४, हुप्रचौरमा सडक खाना महोत्सव आयोजना गरिने होटल एसोसिएसनले जानकारी दिएको छ । इस्वी सम्वतको नयाँवर्षको अवसरमा एसोसिएसनले आयोजना गर्ने सडक खाना महोत्सवले स्थानीय परिकारका साथै आन्तरिक पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ । ‘सडकमै जाऔं, सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारा सहित आयोजना गर्न लागिएको महोत्सवमा ४० वटा स्टल रहने छ । महोत्सवमा हेटौंडा उपमहानगरपालिकाले पनि सहयोग गर्नेछ । ३० हजार भन्दा बढी दर्शकको महोत्सवमा सहभागिता रहने अनुमान आयोजकको छ ।

१३ देखि १५ सम्म हुने खाना महोत्सवले खेलकुद महोत्सवलाई कत्तिको प्रभाव पार्ने छ ? त्यो भने हेर्न बाँकी छ । जारी महोत्सवमा मंगलबार लोकगायक पशुपति शर्मा, लोकगायिका ज्योति मगरसहित मनोज गोर्खाली, ध्रुव विस्को, केको सिङ लगायतको प्रश्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा दैनिक दर्शकको उपस्थिति बढ्दो क्रममा रहेको छ । प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रश्तुती रहँदै आएको छ । १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ ।

महोत्सव आयोजक समितिका संयोजक समेत रहेका मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्कीले खेलकुद क्षेत्रको विकासका लागि आयोजना भएको महोत्सवमा सबै क्षेत्रको सहयोग प्राप्त भैरहेको बताए । महोत्सवमा करिब २६० वटा विभिन्न स्टल रहेको छ । महोत्सवमा कृषि, पर्यटन, हस्तकला, अटो मोबाइलका साथै बालउद्यानलगायत स्टलराखिएको छ । महोत्सवबाट खेलकुद विकास समितिलाई प्राप्त हुने रकमबाट वर्षभर खेलकुद प्रतियोगिता आयोजना गर्ने आयोजकले लक्ष्य राखेको छ । महोत्सवबाट मकवानपुर जिल्ला खेलकुद विकास समितिले करिब २५ लाख रुपैयाँ प्राप्त गर्ने अनुमान छ ।

हेटौंडामा जारी बृहत खेलकुद तथा व्यापार महोत्सवमा आज १० पुस मंगलबार चर्चित लोकगायिका ज्योति मगर र लोकगायक पशुपति शर्माले ‘धमाका’ मच्चाउने भएका छन् । लोकदोहोरी गायक र गायिकासँगै मनोज गोर्खाली, केको सिङलगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहँदै आएको छ । १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरीय गरी १३ वटा विधामा खेल हुनेछ ।

राष्ट्रिय तेक्वान्दोमा ज्योति डोजाङ प्रथम

हेटौंडामा जारी बृहत् खेलकुद तथा व्यापार महोत्सव अन्तर्गत सोमबार भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ज्योति तेक्वान्दो डोजाङ प्रथम भएको छ ।१२ वटा तौल समूहमा भएको प्रतियोगितामा ज्योतिले ३ स्वर्ण, ३ रजत र ३ कास्य पदक जित्दै पहिलो भएको हो । ३ स्वर्ण र एक काश्यसहित किरणचोक तेक्वान्दो डोजाङ द्वितीय भएको छ भने २ स्वर्ण, ४ रजत र एक काश्यसहित क्रियटिभ डोजाङ तृतीय भएकोछ । प्रतियोगितामा मकवानपुरको ८ वटा डोजाङले सहभागिता जनाएका थिए । पशुपति डोजाङले २ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेको छ भने माउण्ट एभरेष्ट डोजाङले १ स्वर्ण र एक रजत जितेको छ ।

यस्तै टिसिएन डोजाङले एक स्वर्ण र एक रजत, जेनिथ डोजाङले ५ कास्य र ज्ञानोदय डोजाङले २ कास्य जितेको आयोजकले जानकारी दिएको छ । विजेता खेलाडीलाई नेपाली कांग्रेस मकवानपुरका नेता आनन्दराम पराजुली, हेटौंडा उपमहानगरपालिका १ नम्बर वडाअध्यक्ष सविन न्यौपाने, ६ नम्बर वडाअध्यक्ष विष्णु दाहाल, ८ नम्बर वडाअध्यक्ष राम थापा, ९ नम्बर वडाअध्यक्ष शुकराम केसी, १० नम्बर वडाअध्यक्ष फुर्वादोर्जे लामा, मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खड्की, पूर्वअध्यक्ष सानु लामालगायतले पुरस्कार वितरण गरेका हुन् । महोत्सवमा दैनिक विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन भैरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*