पालुङ बहुउद्देश्यीय सहकारीको साधारणसभा

साझाकुरा
२०८० पुष १०, मंगलवार १२:२७

हेटौंडा-थाहा नगरपालिका–४, स्थित पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको २४ औं वार्षिक साधारणसभा भएको छ । थाहानगरमा मुख्य कार्यालय रहेको सहकारीको सोमबार पालुङमा साधारणसभा भएको हो ।६ हजार ३ सय ८८ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी ९ करोड ८९ लाख २४ हजार ४ सय रुपैयाँ रहेको छ । २०७९ भदौ महिनाभरि शेयर थप गरी यो अवधिमा शेयर रकम ३८ दशमलव ७२ प्रतिशतले थप गरेर शेयर पूँजी ९ करोड भएको सहकारीको कार्यवाहक अध्यक्ष अरुण रायमाझीले बताए । साधारणसभामा कार्यवाहक अध्यक्ष रायमाझीले वार्षिक प्रगति प्रतिवदेन तथा नीति कार्यक्रम सार्वजनिक गरे । सहकारीको अन्य कोषहरु १५ करोड ९३ लाख ५४ हजार रुपैयाँ र कर्जा लगानी ९० करोड ५७ लाख ६४ हजार रुपैयाँ रहेको छ ।

आर्थिक वर्ष २०८०÷८१ मा संस्थाको कर्जा लगानी ७ प्रतिशतले वृद्धिगरी ९६ करोड ९१ लाख कर्जा लगाउने पु¥याउने लक्ष्य रहेको सहकारीको प्रतिवेदनमा उल्लेख गरेको छ । संस्थाको आफ्नै स्वामित्वको जग्गामा निर्माण गरिएको अत्याधुनिक प्रविधियुक्त हाइटेक नर्सरीबाट विभिन्न जातका तरकारीका विरुवा उत्पादन तथा खुल्ला जग्गामा तरकारी उत्पादन र बजारीकरण गरी सदस्यलाई बेर्ना उपलब्ध गराउँदा लाभान्वित भएको अध्यक्ष रायमाझीले बताए ।

साधारणसभाले रिक्त रहेको सञ्चालक समितिको अध्यक्ष पदको लागि उपनिर्वाचन हुने सहव्यवस्थापक रामप्रसाद ढकालले जानकारी दिए । साधारणसभाका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलाले सहकारीको मर्म बमोजिम किसान, कालिगड, न्यून आय भएका वर्गको उत्थान र वित्तीय पहुँचवृद्धिमा सहकारीले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । थाहा नगरपालिका प्रमुख बिष्णुबहादुर विष्टले सहकारीले बचत र ऋणको मात्र काम नगरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

सहकारीका कार्यवाहक अध्यक्ष रायमाझीको सभाध्यक्षतामा भएको साधारणसभामा थाहानगर उपप्रमुख भरत गोपाली, नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कोषाध्यक्ष कविराज खत्री, जिल्ला बहुउद्देश्यीय सहकारी संघ मकवानपुरका कोषाध्यक्ष बिमलकुमार ढकाल, सहकारीका संस्थापक अध्यक्ष बिष्णुहरि ढकाल, पूर्वअध्यक्ष पुरुषोत्तम कार्की, थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, नेपाली कांग्रेस थाहानगर सभापति प्रमोदकृष्ण जोशी, नेकपा एमालेका नगरअध्यक्ष अच्युत्तमप्रसाद ढकाल, माओवादी केन्द्रका नगरसचिव लक्ष्मण विष्ट लगायतको आतिथ्यता थियो ।

सहकारीले संस्थाका सदस्यका सन्तानमध्ये पिएचडी गर्ने थाहा–३ घर्तिखोलाका राजेन्द्र केसी (गणित), हेटौंडा–४ का घोषणा बिष्ट (सूचना र प्रविधी) एमबिबिएस गर्ने थाहा–४ का सुजता केसी र समाज गोपाली, पाइलट बनेका थाहा–२ का प्रवेश बिष्टलाई सम्मान गरिएको थियो । सहकारीले उत्कृष्ट कार्यसम्पादन भएका कर्मचारीमा सहव्यवस्थापक रामप्रसाद ढकाल, लेखापाल विद्यामान श्रेष्ठ, वरिष्ठ फिल्ड सहायक राम कार्कीलाइ सम्मान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*